images
images

उपत्यकाकामा एकैदिन ६१० सवारी साधन कारवाहीमा


  • 662
    SHARES
  • २०७९ आश्विन २८ गते शुक्रबार

    उपत्यकाकामा एकैदिन ६१० सवारी साधन कारवाहीमा

    काठमाडौं । सवारीसाधनको नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका ६ सय  १० र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ दुई पाङग्रे सवारी साधनका चालकलाई आज कारवाही गरिएको छ । यस्तै ठूलो आवाज निकाल्ने सात मोटरसाइकलका चालक पनि कारबाहीमा परेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ । 

    आज गरिएको विशेष जाँच अभियानमा  विभिन्न स्थानबाट प्लेटमा स्पष्ट रुपमा नम्बर नदेखिने, मापदण्डअनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाशतर्फ फर्काएर राख्ने दुई पाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । 

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्टरुपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडि र पछाडि राख्न अनुरोध गरेका थिए ।


    images
    images

    Logo