काठमाडौं । सरकारले विदेशी लगानी सीमा २ करोड रुपैयाँमा झारेको छ । यसअघि ५ करोड रुपैयाँ भएको सीमालाई झण्डै ६० प्रतिशतले घटाइएको हो। विभिन्न देशका ३७ जना विदेशी नागरिकले बुझाउनुपर्ने भिसा दस्तुर विलम्ब शुल्क र जरिबाना बापतको रकम मिनाहा गरी ३ महिनाभित्र नेपाल छोड्न प्रस्थान अनुमति दिने निर्णयसमेत गरेको छ।
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली विभिन्न समयमा छपाइ भएका, प्रकाशन नभएका र प्रचलनमा नरहेका ४ करोड १६ लाख ६२ हजार ३ सय ४३ रुपैयाँ ७५ पैसा बराबरका हुलाक टिकट र हुलाक स्टेशनरीहरु मिनाहा दिने निर्णय भएको छ।
सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनः स्थापना ईकाइको कार्य अवधि समाप्त मिति २०७९ कात्तिक ११ देखि लागू हुने गरी १ वर्ष थप गर्ने निर्णय गरेको छ।



