images
images

कांग्रेससँग जसपाको बदला, मधेशका ३ मन्त्री बर्खास्त


  • 400
    SHARES
  • २०७९ आश्विन २८ गते शुक्रबार

    कांग्रेससँग जसपाको बदला, मधेशका ३ मन्त्री बर्खास्त

    काठमाडौं । मधेश प्रदेशले नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरका हुन् । 

    प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्तसँगै मधेश प्रदेशका मुख्यमन्त्रीले कांग्रेसका तीन मन्त्रि बर्खास्त गरेका हुन् । बर्खास्त हुनेमा मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् । 

    ३ मन्त्री बर्खास्त गरेको पत्र मुख्यमन्त्री राउतले प्रदेश प्रमुख कार्यालयमा पठाएका छन् । ती मन्त्रालयहरुको जिम्मेवारी अब मुख्यमन्त्री राउतले नै सम्हाल्ने छन ।


    images
    images

    Logo