images
images

आचारसंहिता अनुगमनको जिम्मेवारी राष्ट्रिय अनुसन्धानलाई दिएकोमा पत्रकार महासंघको आपत्ति


  • 367
    SHARES
  • २०७९ आश्विन २८ गते शुक्रबार

    आचारसंहिता अनुगमनको जिम्मेवारी राष्ट्रिय अनुसन्धानलाई दिएकोमा पत्रकार महासंघको आपत्ति

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

    आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएकोमा हाल  पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहितासमेत पालना भएनभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएकोप्रति महासंघले आपत्ति जनाएको छ ।  

    नेपाली सञ्चारजगतले स्वनियमनको सिद्धान्तअनुसार सञ्चारक्षेत्र आफैंले बनाएको आचारसंहिता पालना गर्दै आइरहेको छ । आयोगले विभागलाई दिएको जिम्मेवारी  नेपाली सञ्चार क्षेत्रलाई मान्य नहुने संघको भनाइ रहेको छ । 

    यस्तै, आयोगले चुनाव प्रचाररप्रसारसम्बन्धी विज्ञापनको विषयमा अनलाइन सञ्चारमाध्यमप्रति विभेद गरेकोमा पनि महासंघ आपत्ति जनाएको छ । संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक भएकोले तत्काल सञ्चाएर सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र अनलाइन सञ्चारमाध्यमले पनि निर्वाचनका  प्रचाररप्रसारसम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्न समेत संघले जोडदार माग गरेको छ ।


    images
    images

    Logo