काठमाडौं । बैंकहरुको निक्षेपमा घट्ने र बढ्नेक्रम जारी रहेको छ । राष्ट्र बैंकका अनुसार असोज २५ गते ३० अर्बले घटेको निक्षेप २६ गते पुनः ३८ अर्ब रुपैयाँले बढ्न पुगेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा नजिकिएसँगै बैंकहरुको निक्षेप पनि घट्बढ हुन लागेको हो ।
राष्ट्र बैंकका अनुसार असोज २५ गते ५० खर्ब ८७ अर्ब रुपैयाँ रहेको निक्षेप असोज २६ गते ३८ अर्ब रुपैयाँले बढेर ५१ खर्ब २५ अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ३६अर्ब रुपैयाँले बढेर ४५ खर्ब १७ अर्ब रुपैयाँमा पुगेको छ । यस अवधिमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पनि १ अर्ब रुपैयाँले बढेर ६ खर्ब ८ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
यसरी बैंकहरुको निक्षेप एकैदिन ३८ अर्बले बढ्दा कर्जा लगानी भने २ अर्ब रुपैयाँले घटेको छ । असोज २५ गते ४७ खर्ब २३ अर्ब रहेको निक्षेप २६ गते २ अर्बले घटेर ४७ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानी १ अर्बले घटेर ४१ खर्ब ८३ अर्ब रुपैयाँमा झरेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको ५ खर्ब ३९ खर्ब रुपैयाँमा स्थिर रहेको छ ।
सो समयमा बैंकहरुको सीडी रेसियो पनि घटेको छ । २६ गते बैंकहरुको सीडी रेसियो ८७.०१ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।



