images
images

एक व्यक्तिले दुई वटा भन्दा बढी सिमकार्ड लिन नपाउने


  • 354
    SHARES
  • २०७९ आश्विन २८ गते शुक्रबार

    एक व्यक्तिले  दुई  वटा भन्दा बढी सिमकार्ड  लिन नपाउने

    काठमाडौं । अव एक व्यक्तिले दुई वटा भन्दा बढी सिमकार्ड लिन नपाउने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सेवा प्रदायकबाट एक व्यक्तिको नाममा दुईवटा भन्दा बढी सिमकार्ड नदिन मोबाइल सेवा कम्पनीलाई निर्देशन दिइएको हो । 

    यद्यपि, एक व्यक्तिले फरक/फरक सेवा प्रदायकको गरी दुईओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईओटा, एनसेलका दुईओटा र स्मार्ट सेलका दुईओटासम्म सिम प्रयोग गर्न पाउनेछन् ।

    पहिले नै दुईभन्दा बढी सिमकार्ड लिइसकेका व्यक्तिले उक्त कम्पनीबाट अब सिमकार्ड किन्न पाउने छैनन् । पहिले नै सिमकार्ड लिइसकेकाहरुले पनि अबको केही समयमा केवाइसी अर्थात् नो योर कष्टमर फारम भर्नुपर्नेछ ।

    त्यसपछि कसको नाममा रहेको कुन सिमकार्ड कसले चलाइरहेको छ भन्ने पत्ता लाग्नेछ र प्रयोगकर्ताकै नाममा नामसारी गर्न निर्देशन दिनेछ । 


    images
    images

    Logo