काठमाडौं । आगामी निर्वाचनमा एमालेबाट टिकट नपाएका नेता भीम रावलले एमाले नछाड्ने निर्णय गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले पार्टी नेतृत्वको गलत प्रवृत्तिलाई पार्टीभित्रै बसेर चिर्ने बताएका हुन् ।
उनले उम्मेदवारहरुको योग्यता एवं क्षमता हेरेर भोट दिन आह्वान समेत गरेका छन् । उनले केपी शर्मा अोलीको गैरसंवैधानिक कामको विरोध गरेको प्रतिशोधमा आफूलाई टिकट नदिइएको समेत बताए ।