images
images

चुनाबी माहोलको प्रभाव बैंकहरुमा, एकैदिन ३० अर्बले घट्यो बैंकहरुको निक्षेप


  • 278
    SHARES
  • २०७९ आश्विन २७ गते बिहीबार

    चुनाबी माहोलको प्रभाव बैंकहरुमा, एकैदिन ३० अर्बले घट्यो बैंकहरुको निक्षेप

    काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन ३० अर्ब रुपैयाँले घटेको छ । राष्ट्र बैंकको विवरण अनुसार असोज २५ गते बैंकहरुको निक्षेप सो रकम बराबर घट्न पुगेको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा नजिकिएसँगै बैंकहरुको निक्षेप पनि घट्न लागेको छ । 

    राष्ट्र बैंकका अनुसार असोज २४ गते ५१ खर्ब १७ अर्ब रुपैयाँ रहेको निक्षेप असोज २५ गते ३० अर्ब रुपैयाँले घटेर ५० खर्ब ८७ अर्ब रुपैयाँमा झरेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ३१अर्ब रुपैयाँले घटेको छ । असोज २४ गते ४५ खर्ब १२ अर्ब रुपैयाँ रहेको निक्षेप २५ गते सो रकम ३१ अर्बले घटेर ४४ खर्ब ८१ अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यसैगरि, सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको पनि निक्षेप २ अर्ब रुपैयाँले बढेको छ । २४ गते ६ खर्ब ५ अर्ब रुपैयाँ रहेको निक्षेप २५ गते २ अर्बले बढेर ६ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । 

    यसरी बैंकहरुको निक्षेप एकैदिन ३० अर्बले घट्दा कर्जा लगानी भने २ अर्ब रुपैयाँले मात्रै घटेको छ । असोज २४ गते ४७ खर्ब २५ अर्ब रहेको निक्षेप २५ गते २ अर्बले घटेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानी २ अर्बले घटेर ४१ खर्ब ८५ अर्ब रुपैयाँमा झरेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको ५ खर्ब ३९ खर्ब रुपैयाँमा स्थिर रहेको छ ।

    असोज २५ गते बैंकहरुको सीडी रेसियो पनि बढेको छ । २४ गते ८७.२० प्रतिशत रहेको सीडी रेसियो २५ गते बढेर  ८७.८१ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।


    images
    images

    Logo