images
images

सरकारले सरुवा गरेका ४ कर्मचारी अलपत्र


  • 532
    SHARES
  • २०७९ आश्विन २७ गते बिहीबार

    सरकारले सरुवा गरेका ४ कर्मचारी अलपत्र

    काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत कार्यकारी समितिको बस्दै नबसेको बैठकको निर्णय उल्लेख गर्दै सरकारले सरुवा गरेको ४ कर्मचारीको हाजिर नगराएको खुलेको छ।

    सरकारको निर्णय अटेर गर्नेतर सरकारी सुविधा दुरूपयोग गर्ने उपाध्यक्षसहित आयोगका निर्देशकलाई कारबाही गर्नुपर्ने माग कर्मचारीले गरेका छन्। हाल सरुवा भइसकेका सदस्य सचिव डा. भोजराज काले र उपाध्यक्ष गिरीको कार्यशैलीप्रति आपत्ति जनाउँदै मंगलबारदेखि कर्मचारीले काम बन्द गरेका छन्।

    यो क्रम हिजो बुधबार पनि जारी रहेको थियो। हामी बुधबार कार्यालय आएका थियौँ, सरकारको निर्णय कार्यान्वयन नभएसम्म काम नगर्ने अडान जारी राखेका छौ, एक कर्मचारीले भने।

    आयोगको उपाध्यक्ष डा. गिरीले कानुनको बर्खिलाफमा शिक्षा र सामान्य मन्त्रालयबाट सरुवा भएका कर्मचारीलाई रमाना दिन नसकिने भन्दै चारचार मन्त्रालयमा पत्रचार गरेको खुलेको छ । 


    images
    images

    Logo