images
images

उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई काँग्रेसले गर्यो निष्काशन


  • 424
    SHARES
  • २०७९ आश्विन २६ गते बुधबार

    उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई काँग्रेसले गर्यो निष्काशन

    काठमाडौं । नेपाली काँग्रेसले उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई निष्काशन गरेको छ । नेपाली काँग्रेसले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै यस्तो निर्णय गरेको हो । 

    सत्तारुढ गठबन्धनले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेद्वारी दिएकाहरुले तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिएको भन्दै नेपाली काँग्रेसले पार्टीको सदस्य समेत नरहनेगरि निष्काशन गरेको छ । निष्काशन भएका उम्मेदवारहरुलाई र निजको प्रस्तावक र समर्थकलाई समेत ५ वर्षसम्म नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी निष्काशन गरेको वित्रप्तीमा उल्लेख गरिएको छ । 

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिइसक्न निर्देशन दिएको थियाे । उम्मेद्वारी फिर्ता नलिने उम्मेदवारलाई पार्टीबाटै निष्काशन गर्ने चेतावनी समेत सत्तारुढ गठबन्धनले दिएकाे थियाे । 

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।


    images
    images

    Logo