images
images

पहिरोबाट प्रभावित २०० परिवारको उद्धार हुन सकेन


  • 357
    SHARES
  • २०७९ आश्विन २६ गते बुधबार

    पहिरोबाट प्रभावित २०० परिवारको उद्धार हुन सकेन

    काठमाडौं । लगातारको अविरल वर्षाका कारण बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकात्र्तिक खापर गाउँपालिका–१ साप्पाटाको खोली गाउँमा पहिरो जाँदा दुई सय घर उच्च जोखिममा परेका छन् । 

    मङ्गलबार आएको अविरल वर्षा संगै गाउँको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको स्थानीय उज्जले विकले जानकारी दिएका छन्। उनका अनुसार गाउँको चारैतिरबाट पहिरो खस्नथालेको गाउँका स्थानीय सुरक्षित ठाउँमा जाने कतै बाटो नभएपछि पहिरोको बीचमा बसेको बताए । 

    पहिरोले स्थानीयवासीका गाईगोरु, भैँसी, भेडाबाख्रा   बगाएर क्षति पु¥याएको विकको भनाइ  छ । बस्तीमा रहेका दुई सय परिवारलाई पहिरो नरोकिएदा उद्धार गर्न समस्या भएको छ । बाढीपहिराका कारण उक्त बस्तीमा जाने कतै बाटो नभएपछि उनीहरुले उद्धारका लागि तत्काल पहलगर्न माग गरेका छन् । 

    पहिरोबाट विस्थापित भएका उनीहरुले सुरक्षित स्थानमा लैजान रुवाबासी चलेको प्रत्यक्षदर्शी विक बताउँछन् । उद्वार हुन नसक्दा दुई परिवारका स्थानीयवासी भोकभोकै पहिरोको त्रासमा बसेका छन् । स्वामीकार्तिकको विर्मामा कर्णाली नदीले पुल बगाएपछि उद्वारमा कठिनाइ भएको गाउँपालिकाले जनाएको छ । 

    लगातारको वर्षाले पहिरो झरेपछि बस्ती नै बग्ने सम्भावना बढेको छ । उक्त बस्तीका स्थानीयवासीलाई उद्धार गर्नका लागि स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया सहितको टोली पहिरो प्रभावित क्षेत्रमा गएका छन् । 

    पहिरो गएको क्षेत्रमा पुगेर क्षतिको विवरण र विस्थापित परिवारको तथ्याङ्क सङ्कलन गरी सुरक्षित स्थानमा सार्न तत्काल राहत उपलव्ध गराउने गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । 

    जिल्लाको पूर्वी उत्तरी भेगका बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक र जगन्नान गाउँपालिकामा बाढीपहिरोबाट प्रभावित भएर विस्थापित भएकाको उद्धार र राहत वितरण र क्षतिको विवरण सङ्कलन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वको टोली खटाइएको छ । 

    चार पालिकामा बाढीपहिरोबाट बढी प्रभावित भएको खबर आउन थालेपछि जिल्ला विपद समितिले आज नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकारसहितको टोलीले राहत वितरण,उद्धार र क्षतिको विवरण सङ्कलन गर्ने गरी टोली खटाइएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले  बताए । 


    images
    images

    Logo