पोखरा । मनाङ (ख) प्रदेशसभा सदस्यमा राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका छन् । उनीसँग प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएका दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध भएका हुन् ।
दोर्जेले स्वतन्त्र उम्मेदवारी दिएकोमा बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका हुन् । यसअघि गठबन्धन र एमाले दुवैले मनाङेलाई समर्थन गरेर उम्मेदवारी दिएका थिएनन् ।