हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले विज्ञापन जारी गर्दै आफ्ना कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले चिफ टेक्नोलोजि अफिसर १ जना र चिफ फाइनान्स अफिसर १ जना माग गरेको छ ।
यस्तै, कम्पनीले सबै प्रदेश कार्यालयका लागि सिनियर अफिसर, एसिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजर, म्यानेजर र सिनियर म्यानेजर माग गरेको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले कात्तिक ४ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
