images
images

अवस्था ठीक नबनाई गाडी चलाएका २५ चालक कारबाहीमा


  • 346
    SHARES
  • २०७९ आश्विन २६ गते बुधबार

    अवस्था ठीक नबनाई गाडी चलाएका २५ चालक कारबाहीमा

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले अवस्था ठीक नभएका माइक्रोबस, भ्यान र टाटासुमोलगायतका २५ वटा भाडाका सवारी साधन मंगलवार कारबाहीमा परेका छन् । 

    भक्तपुरको जगातीमा आज गरिएको विशेष यान्त्रिक जाँचका क्रममा अन्य १६ वटा गाडीलाई नियन्त्रणमा लिई यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकु पठाइएको छ ।

    दिउँसो तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा गरिएको जाँचका क्रममा ह्याण्डब्रेक, लाइट नभएका र टायर धेरै घिस्रिएकालगायत अवस्था ठीक नभएका सवारी साधन सञ्चालन भएको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश निष्ट क्षेत्रीले जानकारी दिएका छन् ।

    अवस्था ठीक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्नसक्ने भएकाले सम्भावित जोखिम कम गर्न आज दिउँसो सवारी साधनको अवस्था जाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक दलराम टमटाको नेतृत्वमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगाती क्षेत्रमा खटिएको थियो । 

    उक्त जाँच अभियान गत भदौ १५ गतेदेखि सञ्चालन गरिएको थियो । प्रहरीले सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई आफ्नो सवारी साधनको अवस्था दुरुस्त बनाएर मात्र चलाउन अनुरोध गरेको छ । 


    images
    images

    Logo