images
images

गगन थापाविरुद्ध काठमाडौं–४ मा ३४ उम्मेदवार (सूचीसहित)


  • 384
    SHARES
  • २०७९ आश्विन २५ गते मंगलबार

    गगन थापाविरुद्ध काठमाडौं–४ मा ३४ उम्मेदवार (सूचीसहित)

    काठमाडौं । गगन थापा उम्मेदवार भएको काठमाडौं क्षेत्र नं ४ मा ३५ जनाले उम्मेदवारी दिएका छन् । विभिन्न पार्टीबाट १८ जना र स्वतन्त्र १७ जना समेत गरी उक्त क्षेत्रबाट सो बराबरको उम्मेदवारी परेको हो । 

    सो क्षेत्रमा नेकपा एमालेबाट राजन भट्टराई उम्मेदवार हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट डा. ठाकुरमोहन श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अरुण श्रेष्ठ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट भानुकुमार खड्का उम्मेदवार बनेका छन् । 

    स्थानीय निर्वाचनको मत परिणामका आधारमा एमालेको बाहुल्यता रहेको सो क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका थापाले एमालेका भट्टराईलाई लोकप्रिय मतका आधारमा हराएका थिए । 

    अहिले यो क्षेत्रबाट जनता समाजवादी पार्टीले उम्मेदवार उठाएको छैन । उता थापालाई भने माओवादी र एकीकृत समाजवादीको समेत समर्थन छ ।

    kathmandu 4.jpg


    images
    images

    Logo