images
images

करेन्ट लागेर वीरगञ्जमा दुई मजदुरको मृत्यु


  • 372
    SHARES
  • २०७९ आश्विन २५ गते मंगलबार

    करेन्ट लागेर वीरगञ्जमा दुई मजदुरको मृत्यु

    पर्सा । पर्सामा करेन्ट लागेर दुई जना मजदुरको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–२६ बस्ने रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा करेन्ट लगेर दुई जना मजदुरको ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, सोमवार साँझ करिव साढे छ बजे भएको घटनामा परेर जिल्लाको धोबिनी गाउँपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्ला अंसारीको घटनास्थलमै मृत्यु भएको हो । घरमा प्लास्टर गर्ने क्रममा पोलको तारमा छुट पुग्दा करेन्ट लागेर उनको मृत्यु भएको जनाइएको छ ।

    त्यसैगरी, सोमबार दिउँसो वीरगञ्ज महानगरपालिका–८ बसपार्कस्थित शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रममा अर्का एक जनाको करेन्ट लागेर ज्यान गएको छ । ज्यान जानेमा ज्यालादारीमा काम गर्ने पर्साको वीरगञ्ज महानगरपालिका–९ रानीघाट बस्ने बर्ष ६० को ध्रुव प्रसाद साह रहेका छन् । विद्युत्को तारबाट करेन्ट लागेर भुइँमा लडेका उनलाई उपचारका लागि आसाराम अस्पताल वीरगञ्ज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo