images
images

करेन्ट लागेर दुई मजदुरको मृत्यु


  • 325
    SHARES
  • २०७९ आश्विन २५ गते मंगलबार

    करेन्ट लागेर दुई मजदुरको मृत्यु

    पर्सा । पर्सामा करेण्ट लागेर दुई मजदुरको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–२६ बस्ने रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा करेण्ट लगेर एक मजदुरको ज्यान गएको हो । 

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, सोमवार साँझ करिव साढे छ वजे भएको घट्नामा परेर जिल्लाको धोबिनी गाउँपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्ला अंसारीको घट्नास्थलमै मृत्यु भएको हो । घरमा प्लास्टर गर्ने क्रममा पोलको तारमा छुट पुग्दा करेन्ट लागेर उनको मृत्यु भएको जनाइएको छ । 

     त्यसैगरी सोमवार दिउसो वीरगञ्ज महानगरपालिका–८ बसपार्कस्थित शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रममा अर्का एक जनाको करेण्ट लागेर मृत्यु भएको छ । मृतयु हुनेमा ज्यालादारीमा काम गर्ने पर्साको वीरगञ्ज महानगरपालिका–९ रानिघाट बस्ने बर्ष ६० को धुर्ब प्रसाद साह रहेका छन् । बिद्युतको तारबाट करेन्ट लागेर भुईमा लडेका उनलाइ उपचारका लागि आसाराम अस्पताल वीरगञ्ज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo