काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रिमा रहेको छ । बैंकले शेम राज शाक्यको नाममा रहेको कुल ५० हजार कित्ता शेयर विक्री गर्न लागेको हो ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालयमा निवेदन दिन बैंकले अनुरोध गरेको छ ।
कम्पनीले यस अघि पनि संस्थापक शेयरधनीका लागि विक्री खुला गरेको थियो सो समयभित्र पर्याप्त आवेदन नपरेकाले बैंकले सर्वसाधारणले पनि किन्न सक्ने गरि पुनः बोलपत्र खुला गरेको हो ।