images
images

सानिमा क्यापिटलको सानिमा ग्रोथ फण्ड कात्तिक १६ गतेदेखि


  • 436
    SHARES
  • २०७९ आश्विन २५ गते मंगलबार

    सानिमा क्यापिटलको सानिमा ग्रोथ फण्ड कात्तिक १६ गतेदेखि

    काठमाडौं । सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले कुल १२ करोड इकाई निष्काशन गर्ने लागेको हो । 

    कुल इकाईमध्ये १ करोड ५६ लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई सुरक्षित गरि २४ लाख योजना व्यवस्थापक सानिमा क्यापिटललाई लागि छुट्याइएको छ। बाँकी रहेको १० करोड २० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    सो  इकाईका लागि छिटोमा कात्तिक २० गतेसम्म आवेदन दिनु पर्नेछ। र ढिलोमा कात्तिक ३० गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १ सय इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ।

    उक्त योजनाको  बिक्री प्रबन्धक सानिमा क्यापिट लिमिटेड रहेको छ। 


    images
    images

    Logo