images
images

राधी विद्युत कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 414
    SHARES
  • २०७९ आश्विन २५ गते मंगलबार

    राधी विद्युत कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । सो शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । 

    कम्पनीले ९५ करोड ३५ लाख रुपैयाँ बराबरको  ९५ लाख ३५ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । । हकप्रद जारी गर्ने प्रयोजनका लागि भदौ १२ गते कम्पनीले शेयरधनी किताब खाता बन्द गरेको थियो ।

    भदौ ११ गतेसम्म दोस्रो बजारमा शेयर कारोबार गरी आफ्नो नाममा शेयर कायम गरेका शेयरधनीले उक्त हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

    हाल ६४ करोड ६४ लाख चुक्ता पुँजी रहेको कम्पनीको हकप्रदपछि पुँजी १ अर्ब ६० करोड पुग्नेछ। कम्पनील उक्त हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।


    images
    images

    Logo