images
images

२८ लाख भारुसहित तीन महिला पक्राउ


  • 332
    SHARES
  • २०७९ आश्विन २४ गते सोमबार

    २८ लाख भारुसहित तीन महिला पक्राउ

    काठमाडौं । कूल २८ लाख ५६ हजार भारतीय नोटसहित तीन महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वा नाकाको प्रहरी टोलीले वीरगञ्जको रजतजयन्ती चोकबाट सो रकमसहित ती महिलालाई पक्राउ गरेको जनाइएको छ ।

    पक्राउ पर्नेमा नुवाकोट शिखरवेसी–७ बस्ने ४५ वर्षीया अनिता तामाङ, धादिङकी ३० वर्षीया मञ्जु तामाङ र नुवाकोट शिख्रावेसी–७ बस्ने ४४ वर्षीया सरिता अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

    पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।


    images
    images

    Logo