images
images

५६ करोड रुपैयाँ मुद्धति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 308
    SHARES
  • २०७९ आश्विन २४ गते सोमबार

    ५६ करोड रुपैयाँ मुद्धति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ५६ करोड रुपैयाँ मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले सोमवार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्न लागेको हो । 

    राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकहरुमा ४४ करोड ८० लाख, ख वर्गका बैंकहरुमा ८ करोड ४० लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड ८० लाख रुपैयाँ लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई असोज २६ गते कार्यलय समय भित्र जानकारी गराउन  बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६५ दिनको हुनेछ । 


    images
    images

    Logo