काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश पोखरेललाई बैंकले एक वर्षमा १ करोड ७६ लाख ३० हजार ७ सय ७६ रुपैयाँ तलब भत्ता दिएको छ । बैंकले सीईओलाई उक्त रकम तलव भत्ता वापत दिइएको हो ।
बैंकले तलब स्वरुप ८४ लाख रुपैयाँ भत्ता वापत ६० लाख रुपैयाँ भत्ता बुझेका छन् भने उनले दशैंभत्ता ९ लाख ५० हजार रुपैयाँ लिएका छन् ।
सञ्चय कोषबाट ८ लाख ४० हजार, बिदा बापतको भुक्तानी १२ लाख २६ हजार ६ सय ६७ रुपैयाँ र अन्य रकम २ लाख १४ हजार १ सय ९ रुपैयाँ लिएको बैंकले जनाएको छ ।