images
images

सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति, के भन्छन् सन्दीपको वकिल ?


  • 391
    SHARES
  • २०७९ आश्विन २४ गते सोमबार

    सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति, के भन्छन् सन्दीपको वकिल ?

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।
    वकिल सरोजकृष्ण घिमिरेका अनुसार सन्दीपले निरन्तर आफू निर्दोष रहेको बताउँदै आएका दावि गरेका छन् । 

    उनले भने,‘म निर्दोश छु । आफ्नो निर्दोशताको क्रममा मलाई मेरो गोपनियता भङग गरेको र यसरि मेरो करिएर ,ईज्जतलाई मनहानी गरेको कुरामा कुनै वैकल्पिक उपचार छ की ? भनेर श्रिमान समक्ष कुरा राखे र उनलाई ७ दिनको लागि अस्ति २० गतेबाट लागु हुने गरि म्याद थपिएको छ । ’

    अधिवक्ता घिमिरेका अनुसार जाहेरी पर्दा  प्रहरीले गोपनीयता कायम नगरेको र सञ्चार माध्यममा ‘एकपक्षीय’ कुरा आएकाले सन्दीपले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुस गरेको बताएका छन्  । 
     
    गत बिहीबार (२० असोज)मा पक्राउ परेका सन्दीपलाई थप सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो । सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
    गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्राउ गरेको थियो । 

    उनीविरुद्ध उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन समेत गरेको थियो । 

    मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार उनीविरुद्ध कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ । नेपालमा आफूविरुद्ध जाहेरी पर्दा भदौ तेस्रो साता लामिछाने वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आवद्ध थिए ।


    images
    images

    Logo