काठमाडौं । मल्टीपर्पस फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको गत असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीको हाल कायम ४५ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीबाट १ः०.३५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको छ।
कम्पनीले यसअघि नै हकप्रद निष्कासनका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको थियो । तर, राष्ट्र बैंकले कम्पनीको बार्षिक साधारण सभा अथवा विशेष सभाबाट हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराए पश्चात मात्र उल्लेखित हकप्रद शेयर जारी गर्ने सहमति दिएको कम्पनीले जनाएको छ ।