काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।
शनिवार राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि उनि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । अहिले उनको स्वास्थ्यमा केही सुधार भइरहेको चिकित्सकहरुले जनाएका छन् ।