images
images

डस्टी कार्गोमा थपिँदै सकस


  • 478
    SHARES
  • २०७९ आश्विन २४ गते सोमबार

    डस्टी कार्गोमा थपिँदै सकस

    काठमाडौं। सरकारले वीरगञ्ज नाकामा डस्टी कार्गोको उचित व्यवस्थापन नगर्दा विगत ५ वर्षदेखि आयातकर्ताले अनेक समस्या झेल्दै आएका छन् । भारतीय भन्सारले सूचना निकालेर यही असोज ३० देखि रक्सौल–वीरगञ्ज नाकाबाट हुने सबै आयातनिर्यात एकीकृत जाँच चौकी (आईसीपी)बाट मात्रै हुने बताएपछि आयातकर्ता फेरि अप्ठ्यारोमा परेका हुन् ।

    भारतीय भन्सारको पटना कार्यालयले निकालेको सूचनामा अब रक्सौल भन्सारबाट आयातनिर्यात नहुने उल्लेख छ । यो नाकाको सम्पूर्ण आयातनिर्यातलाई आईसीपीमा सार्न सूचना निकालिएको हो ।

    भारतीय भन्सारले असोज २१ मा निकालेको सार्वजनिक सूचनामा यही बुधवारदेखि रक्सौल भन्सारका लागि सिपिङ बिल, बिल अफ इन्ट्रीलगायत कागजात नबनाउन भनिएको छ । आईसीपी पूर्ण सञ्चालनमा आइसकेको भन्दै वीरगञ्ज–रक्सौल नाकाको सम्पूर्ण आयातनिर्यात आईसीपीबाटै गर्न भारतीय भन्सारले सूचना निकालेको हो । 

    यता नेपालतर्फ डस्टी कार्गो व्यवस्थापनको उपयुक्त स्थान तयार नभएकाले आयातकर्ता समस्यामा पर्ने अवस्था आएको छ । यसअघि कहिले भारतको रक्सौलका स्थानीय बासिन्दा त कहिले भारतीय निकायको कदमबाट आयातकर्ता आजित हुँदै आएका थिए ।

    पाँच वर्षअघि रक्सौलका स्थानीयको अवरोधका कारण त्यहाँ क्लिंकर लोड–अनलोड बन्द भएको थियो । त्यसबेला स्वदेशी भू–भागमै डस्टी कार्गो व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सहसचिव रविशंकर सैंजू नेतृत्वको टोलीले वीरगञ्जका ३ स्थानमा यस्तो कार्गो व्यवस्थापन गर्न सकिने सुझाएको थियो ।

    आईसीपी सञ्चालनमा आएको ४ वर्षमा यो नाकाको अधिकांश आयातनिर्यात यही एकीकृत पूर्वाधारमार्फत भए पनि कोइला, आइरन ओर, स्ल्यागजस्ता डस्टी कार्गो र केही परिमाणमा आइरन ब्लेड, आइरन रोललगायत औद्योगिक कच्चा पदार्थ पुरानै रक्सौल–मितेरीपुल–वीरगञ्ज हुँदै भित्रिने गरेको छ । रेलबाट ढुवानी हुने नुन र मलखादसमेत रक्सौलमै अनलोड भएर आउँछ ।


    images
    images

    Logo