images
images

किन टुट्यो डडेल्धुरामा एमाले र कांग्रेस बीपीको गठबन्धन ?


  • 608
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    किन टुट्यो डडेल्धुरामा एमाले र कांग्रेस बीपीको गठबन्धन ?

    काठमाडौं । डडेल्धुरा नेकपा (एमाले) ले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन टुटेको छ । एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो । तर आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

    उनी राष्ट्रियसभाका पूर्वसदस्य छन् । एमाले डडेल्धुराले केन्द्रबाट आधिकारिकरूपमा निर्देशन नआएकाले प्रतिनिधिसभामा एकल उम्मेदवारी दिएको जनाएको छ ।

    उनीसँगै प्रदेशसभा (क) मा सुदूरपश्चिमका पूर्वमन्त्री पठानसिंह बोहोरा र प्रदेशसभा (ख) मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन् । 

    यस्तै प्रतिनिधिसभामा कांग्रेस (बिपी) का वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्लले पनि उम्मेदवारी दर्ता गराएका छन् । मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति समेत छन् । नेपाली कांग्रेसको अधिवेशनका बेला क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर संस्थापन पक्षसँग विवाद भएको थियो । त्यसपछि उनी कांग्रेस (बिपी) मा प्रवेश गरेका थिए ।


    images
    images

    Logo