काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं नै रोजेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् ।
आज उनले काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका हुन् । मनोनयन दर्ता गराएपछि उनले राजनीतिको फोहोरलाई सफा गर्ने कोसिस गर्ने र पहिलो पुस्ताको नेताहरुलाई विश्राम दिने र आफुहरुको नेतृत्वमा देश सम्हाल्ने बताएका छन् । उनले भने,‘नेपालको पहिलो पुस्ताको नेताहरु जसले राजनीतिक दलहरु सम्हाली रहेका छन् । उहाँहरुलाई राम्रो संग विश्राम गर्नुस बा तपाईंहरु बस्नुस अब हामि गर्छौ हो ।
थापाको नाम काठमाडौं ४ र सर्लाही ४ दुबै स्थानबाट सिफारिस भएको थियो । सर्लाही ४ बाट चुनाव लड्नुपर्ने भन्दै स्थानीय नेताहरुको डेलिगेसन समेत आएको थियो । स्रोतका अनुसार टिकट वितरणका क्रममा सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले महामन्त्री थापालाई काठमाडौं ४ वा सर्लाही ४ मध्ये एक रोज्न भनेका थिए ।
महामन्त्री थापाले काठमाडौं ४ नै रोजेका छन् । उनी २०७० को संविधानसभा निर्वाचन र २०७४ को संसदीय निर्वाचनमा यही क्षेत्रबाट चुनिएका थिए ।



