images
images

राष्ट्रपतिद्वारा ३ विधेयक प्रमाणीकरण


  • 351
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    राष्ट्रपतिद्वारा ३ विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ३ विधेयक प्रमाणीकरण भएको छ । अइतवार राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका ३ विधेयक प्रमाणीकरण गरेकी हुन् ।

    राष्ट्रपति भण्डारीले बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    राष्ट्रपतिद्वारा प्रमाणीकरण भएसँगै उक्त विधेयकहरु अब ऐनको रुपमा लागु हुनेछ ।


    images
    images

    Logo