काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही ३ मा नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले उम्मेदवारी दर्ता गरेका छन् ।
पाँच दलीय गठबन्धनबाट जसपा बाहिरिएपछि रुपन्देही ३ मा लोसपालाई समर्थन गर्दै खाँणले उम्मेदावरी दर्ता गराएका हुन् । समर्थकसहित आफ्नो सम्पर्क कार्यालयबाट उम्मेदवारी दर्ताका र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय आएका थिए । खाँणसँगै दिउँसो ३ बजेसम्म १४ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
खाँणको प्रतिस्पर्धाको रुपमा राप्रपाका वरिष्ठ नेता दिपक बोहराले उम्मेदवारी दिएका छन् । उनी गत निर्वाचनमा कांग्रेसकै समर्थनमा यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । गत निर्वाचनमा घनश्याम भुसालले बोहरालाई पराजित गरेका थिए ।
२०७४ सालको निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका खाँण यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका छन् । उनकी श्रीमती समानुपातिक उम्मेदवारको सूचीमा छिन् ।



