images
images

प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता


  • 296
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता

    डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेलधुराबाट उम्मेदवारी दर्ता गराएका छन्।

    उनका तर्फबाट उनको धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएका हुन्।

    वारिसनामामार्फत डा .आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गरेका डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। उम्मेदवारी दर्ता गराउन डा .आरजु देउवा हिजो नै डडेलधुरा पुगेका थिए ।

    प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्यका डडेलधुराबाटै यो सातौँ पटक उम्मेदवारी दर्ता गराएका हुन्।


    images
    images

    Logo