images
images

युबट्युबमा "सागर" को क्रेज : एक सातामै अढाइ लाख भ्युअर्स


  • 663
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    युबट्युबमा "सागर" को क्रेज : एक सातामै अढाइ लाख भ्युअर्स

    काठमाडौं । बजारमा भर्खरैमात्र रिलिज भएको "सागर" नामको गीति एल्बमले चर्चा पाउन थालेको छ । गायक नविन कार्की र गायिका मेलिना राईको स्वरमा बजारमा आएको उक्त गीतले एक साताको अविधमै अढाइ लाखभन्दा बढी भ्युअर्स पाएको हो । 

    "सागरले मोति पायो, बत्तीले ज्योति पायो" बोल उक्त गीतका गीतकार डा.कृष्णहरि बराल रहेका छन् भने संगीतकार रिमेशकुमार थापा छन् । उक्त गीतमा संगीत संयोजन विश्व अधिकारी र रेकर्डिंग, मिक्सिंग भोला पौडेलले गरेका छन् । 

    माया प्रेमप्रधान उक्त गीतको भिडियोमा कार्टुन क्रीउका सरोज अधिकारी र आश्मा विश्वकर्माको मूल अभिनय छ । 

    गायक नविनले यसअघि दर्जनाैं गीत गाइसकेका छन् । कुवाको पानी उघाई खाएँ जलुकी पातैमा, महलमा राज होला तिम्रो, आँखाले हेरिनीजस्ता गीतहरु उनका लोकप्रिय गीतमा पर्छन् । ती गीतमार्फत् उनले विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् । 

    प्रस्तुत गीत आफ्नो अथक मिहिनेतको नमूना भएको कार्कीले बताए । गीत तथा भिडियोको गुणस्तरमा निकै ध्यान दिइएको भन्दै छोटो समयमा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको उनको भनाइ छ । 


    images
    images

    Logo