images
images

रेखा थापाले कहाँबाट गरिन् उम्मेदवारी दर्ता


  • 519
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    रेखा थापाले कहाँबाट गरिन् उम्मेदवारी दर्ता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । 
    उनले आज बिहान ११ः२७ को समयमा बेलबारि स्थित प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन कर्यलयमा उम्मेदवारी दर्ता गरेकी हुन् । यो क्षत्रबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता सुनिल शर्मा र नेकपा एमालेको तर्फबाट भानुभक्त ढकालले उम्मेदवारी दिने तयारी गरेका छन् ।

    रेखा थापाको प्रस्तावकमा भोला गौतम, युवराज न्यौपने, जय प्रसद सिटौला र समर्थकमा पर्सुराम सुबेदी, तिर्थ गुरुङ, रिशिकेश घिमिरे, रमेश रिजाल र बाघदल अधिकारी रहेका छन् । 

    रेखा थापा ए.ने.क.पा.माओवादीको सदस्य थिइन् । उनी संबिधानसभा निर्वाचनमा सभासदका लागि उम्मेदवारी दिने खबरले पनि चर्चामा आएकी थिईन् । हाल उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा सम्लग्न छिन् । 


    images
    images

    Logo