काठमाडौं । नेपाली काँग्रेसले आफ्नो भागमा परेका प्रतिनिधिसभाका ८९ सदस्यको टुंगो लगाएको छ । मनोनयनपत्र दर्ताको अन्तिम दिन काँग्रेसले उम्मेदवार टुंग्याएको हो । सत्ता गठबन्धनको सहमति अनुसार बाँकी ७६ सिटमध्ये माओवादी केन्द्रले ४७, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादी पार्टीले ७ र राष्ट्रिय जनमोर्चाबाट २ जना उम्मेदवार बन्ने भएका छन् ।
काँग्रेसले टुंगो लगाएको नाममा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । यसअघि प्रत्यक्ष सांसद जितेका केहीको नाम यसपटक काटिएको छ । यसरी काटिएको ठाउँमा पनि संसदीय राजनीतिमा पटक पटक अभ्यास गरिसकेकाहरु समेटिएका छन् ।
८९ उम्मेदवारमध्ये कांग्रेसले प्रदेश १ मा १९, मधेस प्रदेशमा १५ र बागमती प्रदेशमा १८ निर्वाचन क्षेत्रमा उम्मेदवारीको टुंगो लगाएको छ । त्यसैगरी, गण्डकी प्रदेशका ११, लुम्बिनीका १३, कर्णाली प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशमा ९ निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिन लागेको छ ।
यस्ता छन् काँग्रेस उम्मेदवारको सूची
प्रदेश १
१. तेह्रथुम – सीता गुरुङ
२. पाँचथर – भीष्मराज आङदेम्बे
३. धनकुटा – सुनिल थापा
४. संखुवासभा – दीपक खड्का
५. ओखलढुंगा – रामहरि खतिवडा
६. सोलुखुम्बु – बलबहादुर केसी
७. इलाम २ – डम्बर खड्का
८. झापा १ – विश्वप्रकाश शर्मा
९. झापा ३ – कृष्णप्रसाद सिटौला
१०. झापा ४ – देउकुमार थेबे
११. झापा ५ – खगेन्द्र पाण्डव अधिकारी
१२. मोरङ १ – डिगबहादुर लिम्बु
१३. मोरङ २ – सुजाता कोइराला
१४. मोरङ ३ – सुनिल शर्मा
१५. मोरङ ६ – डा. शेखर कोइराला
१६. सुनसरी २ – सिताराम मेहता
१७. सुनसरी ३ – विजयकुमार गच्छदार
१८. सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
१९. उदयपुर–१ डा.नारायण खड्का
मधेस प्रदेश
१. सप्तरी १ – रामदेव साह
२. सप्तरी ३ – दिनेशकुमार यादव
३. सप्तरी ४ – तेजुलाल चौधरी
४. सिरहा १ – पद्मनाराण चौधरी
५. सिरहा २ – चित्रलेखा यादव
६. धनुषामा २ – रामकृष्ण यादव
७. धनुषा ४ – महेन्द्र यादव
८. महोत्तरी ४ – महेन्द्रकुमार राय यादव
९. सर्लाही – ४ नागेन्द्र कुमार राय
१०. रौतहट २ – रित्तोद आलम
११. रौतहट ४ – देवप्रसाद तिमिलसिना
१२. बारा १ – उमाकान्त चौधरी
१३. पर्सा – २ अजयकुमार चौरासिया
१४. पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी
१५. पर्सा ४ – रमेश रिजाल
बागमती प्रदेश
१. काभ्रे २ – शीवप्रसाद हुमागाईँ
२. ललितपुर १ – उदयशमशेर राणा
३. भक्तपुर २ – दुर्लभ थापा
४. काठमाडौं १ – प्रकाशमान सिंह
५. काठमाडौं ३ – सन्तोष चालिसे
६. काठमाडौं ४ – गगन थापा
७. काठमाडौं ५ – प्रदीप पौडेल
८. काठमाडौं ६ – भीमसेनदास प्रभान
९. काठमाडौं १० – राजेन्द्र कुमार केसी
१०. रसुवा – मोहन आचार्य
११. नुवाकोट २ – अरजुननसिंह केसी
१२. सिन्धुली १ – श्यामकुमार घिमिरे
१३. सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत
१४. धादिङ २ – दिलमान पाख्रिन
१५. मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’
१६. चितवन १ – विश्वनाथ पौडेल
१७. चितवन २ – उमेश श्रेष्ठ
१८. रामेछाप – कान्छाराम तामाङ
गण्डकी प्रदेश
१. तनहुँ १ – रामचन्द्र पौडेल
२. तनहुँ २ – शंकर भण्डारी
३. स्याङ्जा–१ राजु थापा
४. स्याङजा २ – धनराज गुरुङ
५. नवलपुर १ – शशांक कोइराला
६. पर्वत – अर्जुन जोशी
७. मनाङ – टेकप्रसाद गुरुङ
८. कास्की १ – किशोरदत्त बराल
९. गोरखा १ – राजेन्द्र बजगाईँ
१०. म्याग्दी – खमबहादुर गर्जुवा
११. मुस्ताङ – याेगेश गाैचन थकाली
लुम्बिनी प्रदेश
१. गुल्मी १ – चन्द्र भण्डारी
२. नवलपरासी २ – देवेन्द्र कँडेल
३. नवलपरासी – १ विनोद चौधरी
४. रुपन्देही ३ – बालकृष्ण खाँण
५. रुपन्देही ४ – प्रमोद यादव
६. रुपन्देही ५ – भरतकुमार शाह
७. कपिलवस्तु–२ सुरेन्द्र आचार्य
८. कपिलवस्तु ३ – अभिषेकप्रताप साह
९. अर्घाखाँची – पुष्पा भुसाल
१०. दाङ ३ – दिपक गिरि
११. बाँके ३ – किशोरसिंह राठौर
१२. बर्दिया १ – सञ्जय गौतम
१३. पाल्पा १ – ज्ञानबहादुर गाहा
कर्णाली प्रदेश
१. मुगु – ऐन बहादुर शाही
२. सुर्खेत १ – पूर्णबहादुर खड्का
३. सुर्खेत २ – हृदयराम थानी
४. दैलेख २ – दिक्पाल शाही
सुदूरपश्चिम प्रदेश
१. डडेल्धुरा – शेरबहादुर देउवा
२. बाजुरा – बद्री पाण्डे
३. दार्चुला – दिलेन्द्र बडू
४. अछाम २ – पुष्प शाह
५. कञ्चनपुर २– एनपी साउद
६. कञ्चनपुर ३ – रमेश लेखक
७. कैलाली १ – रामजनम चौधरी
८. कैलाली ४ – वीरबहादुर बलायर
९. कैलाली ५ – डिल्लीराज पन्त



