images
images

मकवानपुरस्थित एमालेको पार्टी कार्यालयमा तालाबन्दी


  • 335
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    मकवानपुरस्थित एमालेको पार्टी कार्यालयमा तालाबन्दी

    काठमाडौं ।नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालबन्दी गरेका छन् । मकवानपुरको क्षेत्र न १ मा रामेश्वर रानालाई उम्मेदवार घोषणा गरीएको केही समयमै उनको टिकट खोसेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षथापालाई उमेदवार बनाएकोप्रति असन्तुष्ट जनाउदैँ कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

    एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो । तर अन्तिममा उनलाई फिर्ता गरेर कमल थापालाई समर्थन गर्ने निर्णयमा एमाले पुगेको थियो ।

    एमाले कार्यकर्ताले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने बताएका छन् । थापाले मकवानपुरको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने र नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने भएका थिए । थापा यसअघिको निर्वाचनमा यसै क्षेत्रबाट एमालेका कृष्ण दाहालसँग पराजित भएका थिए । 

     

     

     

     

     


    images
    images

    Logo