काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।
उनी उम्मेदवारी मनोनयनका लागि चितवन पुगिसकेका छन् । चितवन क्षेत्र नं. ३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका हुन् । पार्टीले चितवन १ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरि एमालेले कृष्णभक्त पोखरेल र कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । २०७४ मा तत्कालीन बाम गठबन्धनका उम्मेदवार एमालेका पोखरेल निर्वाचित भएका थिए ।