images
images

रुपन्देही १ बाट घनश्याम भुसालको स्वतन्त्र उम्मेदवारी घोषणा, प्रचण्डले भने, 'हामी सघाउँछाैं'


  • 359
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    रुपन्देही १ बाट घनश्याम भुसालको स्वतन्त्र उम्मेदवारी घोषणा, प्रचण्डले भने, 'हामी सघाउँछाैं'

    बुटवल । शनिबारमात्रै एमाले परित्यागको घोषणा गरेका घनश्याम भूसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । सत्ता गठबन्धनको समर्थनमा भुसालले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । आइतबार बिहान पत्रकार सम्मेलन गर्दै भुसालले उम्मेदवारी घोषणा गरेका हुन् । 

    भुसालले उम्मेदवारी दिने भएसँगै नेकपा माओवादी केन्द्रले सो क्षेत्रमा उम्मेदवार नउठाउने भएको छ । यो क्षेत्र माओवादीको भागमा परेको थियो । एमाले परित्यागको घोषणापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुसाललाई फोन गरेर आफ्नै निर्वाचन चिन्हबाट लड्न भनेका थिए । तर, आफू स्वतन्त्र रुपमा चुनाव लड्ने बताएसँगै दाहालले सत्ता गठबन्धबाट समर्थन हुने आश्वासन दिएको भुसालले बताए । 

    एमालेले भने भुसाललाई टिकट नदिएर सो क्षेत्रमा राप्रपा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । 


    images
    images

    Logo