images
images

समानुपातिक बन्दसूची : यी हुन् काँग्रेसका ‘भाग्यमानी’ अनुहार


  • 309
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    समानुपातिक बन्दसूची : यी हुन् काँग्रेसका ‘भाग्यमानी’ अनुहार

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले १ सय ९ जनाको सूची निर्वाचन आयोगमा बुझाएको छ । प्रारम्भिक बन्दसूची संशोधनपछि आयोगले गरेको अन्तिम बन्दसूची अनुसार काँग्रेसबाट उक्त संख्यामा नाम पठाइएको छ । 

    यस अनुसार सूचीको सबैभन्दा पहिलो नाम प्रकाशशरण महतको छ । उनी खस आर्य पुरुष समूहबाट उम्मेदवार भएका हुन् । सोही समूहबाट वसन्त भट्टराई र आनन्द ढुंगाना क्रमशः दोस्रो र तेस्रो सूचीमा छन् । 

    त्यस्तै, खस आर्य महिलातर्फ अम्बिका बस्नेत, पहिलो नम्बरमा रहँदा सरिता प्रसाइँ, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम र मञ्जु खाँड क्रमशः छन् । 

    आदिवासी जनजाति समूहबाट पहिलो नम्बरमा गोपालमान श्रेष्ठ छन् । उनीपछि केशरमान रोका र सन्दिप राना छन् । आदिवासी जनजाती महिलातर्फ सरस्वति बजिमय पहिलो सूचीमा छिन् । उनीपछि लीलादेवी बोखिम दोस्रो नम्बरमा रहेकी छिन् । 

    त्यस्तै, दलित पुरुषतर्फ पार्टीका सहमहामन्त्री समेत रहेका जीवन परियार रहँदा दोस्रो नम्बरमा लोकबहादुर विश्वकर्मा रहेका छन् । त्यस्तै, दलित महिलाबाट शान्ति वि.क. र रुपा वि.क. क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । 

    मधेशी पुरुष समूहबाट विमलेन्द्र निधि पहिलो नम्बरमा रहँदा उनीभन्दा पछि अनिल कुमार रुंगटा रहेका छन् । मधेशी महिलामा नगिना यादव र मुक्ताकुमारी यादव पहिलो र दोस्रो सूचीका छन् । 

    त्यस्तै, थारु पुरुष क्लष्टरतर्फ योगेन्द्र चौधरी, थारु महिलातर्फ कल्पना चौधरी, मुस्लिम पुरुषतर्फ फरमुल्लाह मन्सुर र मुस्लिम महिलातर्फ जावेदा खातुन पहिलो नम्बरमा रहेका छन् । 

    वर्तमान व्यवस्था अनुसार खस आर्य क्लष्टरका ३१.२, आदिवासी जनजाती २८.७, मधेशी १५.३, दलित १३.८, थारु ६.६ र मुस्लिमबाट ४.४ प्रतिशतको प्रतिनिधित्व हुनुपर्छ । यसमध्ये प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएका समेतलाई आधार मानेर प्रत्येक क्लष्टरबाट कम्तीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने व्यवस्था छ । काँग्रेसको जनाधार अनुसार सबै क्लष्टरबाट पहिलो नम्बरमा परेकाहरु निर्वाचित हुने निश्चितजस्तै छ ।


    images
    images

    Logo