images
images

तोकिएको समयमा भित्र उम्मेदवारी दर्ता गर्न आयोगको निर्देशन


  • 251
    SHARES
  • २०७९ आश्विन २२ गते शनिबार

    तोकिएको समयमा भित्र उम्मेदवारी दर्ता गर्न आयोगको निर्देशन

    काठमाडौं । निवार्चन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भोलि अथात् आइतबार तोकिएको समयमा भित्र उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको छ । आयोगले असोज २३ गते ५ बजेभित्र उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको हो ।  

    शनिबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय असोज २३ गते आइतबारलाई तोकिएको छ । आयोगले स्थानीय तहको निर्वाचन, समानुपातिक तर्फको उम्मेदवारी दर्ताका लागि २ दिनको समय दिएजस्तै  ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनमा दुई दिन समय दिन नसक्ने बताएको छ । 

    आयोगले ३० वैशाखको स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयनको समय वैशाख ११ र १२ गते तोकेको थियो । त्यस्तै ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोजको २ र ३ गते समानुपातिकको बन्द सूची बुझाउने समय दिएको थियो । तर दुबै पटक दलहरुले पछिल्लो दिनको समय थप गरेको थियो । 

    आयोगले तोकिएको समयमा उम्मेदवारी दर्ता गर्नका लागि आग्रह गर्दै मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस लैजान नपाउने समेत बताएका छन् । 


    images
    images

    Logo