काठमाडौं । निर्वाचन आयोगले खर्च विवरण नबुझाउने स्थानीय तह निर्वाचनका झण्डै १ लाख २४ हजार उम्मेदवारलाई कालोसूचीमा राखेको छ ।आयोगले १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कालोसूचीमा राखेको हो । सो बराबर उम्मेदवारलाई आयोगले साढे सात लाखसम्म जरिवाना गर्ने निर्णय गरेको थियो ।
आयोगले खर्च विवरण नबुझाएका केही आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता खोजे नाम नै इन्ट्री हुने जनाएको छ भने तोकेको जरिवाना तिरेपछि भने उनीहरुले उम्मेदवारी दिन सक्नेछन् जनाएको छ ।