काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नलड्ने घोषणा गरेका छन् । सभामुख सापकोटाले मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै र तिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।
२०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित भएका उनी २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिएका थिए । यस पटक निर्वाचनमा युवाहरूलाई मौका दिनको लागि उनी यस पटक आफुले निर्वाचनमा उम्मेदवारी नदिन घोषणा गरेको उनले बताए ।
यसका साथै सभामुख सापकोटाले आफूले निकै बिचार गरेर युवालाई अगाडि बढाउन यो निर्णय गरेको बताए । सभामुख सापकोटाले भने, “राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु । राजनीतिक एवं सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन मेरो सक्रियतामा कुनै कमी आउन दिने छैन । मानव जातिको उन्नतिका लागि परिश्रम गर्नु मेरो जीवनको आदर्श हो ।”



