images
images

समानुपातिक उम्मेदवारको बन्दसूची आज प्रकाशन गरिने


  • 265
    SHARES
  • २०७९ आश्विन २२ गते शनिबार

    समानुपातिक उम्मेदवारको बन्दसूची आज प्रकाशन गरिने

    काठमाडौं । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लागि आज समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

    निर्वाचन आयोगले दलहरुबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिइ सोबारे सम्बन्धित दललाई जानकारी दिइसकेको छ । 

    यही असोज २० गतेदेखि आजै ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम रहेको छ । आजै ३ देखि ५ बजेसम्म सूची प्रकाशन गरिने आयोगले जनाएको छ ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते आइतबार उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

     


    images
    images

    Logo