images
images

जुम्लामा पहिरोमा पुरिएर ६ जनाको मृत्यु


  • 312
    SHARES
  • २०७९ आश्विन २२ गते शनिबार

    जुम्लामा पहिरोमा पुरिएर ६ जनाको मृत्यु

    काठमाडौं । जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोटडाँडामा पहिरोले घर भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।  मृत्यु भएको मध्ये पाँच जना एकै घरका हुन् भने सुरेन्द्र हमाल छिमेकी हुन् । 

    जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ को बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    यस्तै २२ वर्षकी विद्या शाही अझै बेपत्ता रहेकी छन् । शनिबार बिहान् ४ः०५ बजे सुतिरहेको अवस्थामा घर माथिबाट पहिरो आई घर भत्किएको थियो ।  ​यस्ते घाइते बर्ष ५० की सरस्वती हमालको अबस्था पनि नाजुक रहेको प्रहरीले बताएको छ । 

    घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइतेहरुमध्ये रामबहादुर हमालको अवस्था सामान्य र सरस्वती हमालको अवस्था गम्भीर रहेको  छ । 


    images
    images

    Logo