images
images

अबिरल वर्षाले विद्युतीय संरचनामा क्षति, ठाउँठाउँको विद्युत आपूर्ति अवरुद्ध


  • 318
    SHARES
  • २०७९ आश्विन २२ गते शनिबार

    अबिरल वर्षाले विद्युतीय संरचनामा क्षति, ठाउँठाउँको विद्युत आपूर्ति अवरुद्ध

    काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति अवरुद्ध भएको छ ।मुख्य रुपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङ लगायतका जिल्लामा विद्युत प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ ।  

    दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तर्गत बेलडाँगी भन्ने स्थानमा पहिरोले टावर ढालेको आशंका गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १३२ केभी प्रसारण लाइनको टावर ढलेको खबर आएको तर पहिरोका कारण उक्त स्थानमा पुग्न नसकिएकोले यकिन हुन नसकिरहेको बताए । 

    प्रसारण लाइनमा क्षति पुगेपछि त्यस क्षेत्रको विद्युत आपूर्ति अवरोध भएको र अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत दिइएको कार्यकारी निर्देशक घिसिङले बताए ।

    प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई विद्युत आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत खपत गर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन् । 

    प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको अवस्थामा आपत्कालीन पुनस्र्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत आपूर्तिको योजना बनाएको घिसिङले उल्लेख गरे।

    ‘वर्षाले प्रसारण तथा वितरण प्रणालीमा क्षति पुर्याएको छ, चाडपर्वको वेला पनि हाम्रा कर्मचारीहरुलाई काममा खटाएर तत्काल मर्मतसम्भार तथा वैकल्पिक व्यवस्था गरी ग्राहकलाई विद्युत आपूर्ति दिइरहेका छौं,घिसिङले भने ।

     


    images
    images

    Logo