images
images

देउवाको निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार नउठाउने 


  • 548
    SHARES
  • २०७९ आश्विन २१ गते शुक्रबार

    देउवाको निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार नउठाउने 

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ । एमालेले टुङ्गो लगाएको सुदूरपश्चिम प्रदेशका निर्वाचन क्षेत्रको उम्मेदवारको सूचीमा एमालेका उम्मेदवारको नाम नपरेको हो । यो क्षेत्रमा एमालेले काँग्रेस बीपीका कर्ण मल्ललाई सघाउने भएको छ । 

    देउवाको गृहजिल्ला डडेल्धुरामा काँग्रेस बीपी प्रमुख प्रतिस्पर्धी पार्टीको रुपमा रहेको छ । देउवालाई हराउने रणनीति अन्तर्गत एमालेले मल्ललाई समर्थन गर्ने निर्णय गरेको हो । स्थानीय तह निर्वाचनमा सो पार्टीले सो जिल्लाबाट उल्लेख्य मत प्राप्त गरेको थियो । 


    images
    images

    Logo