images
images

भोली यी प्रदेशमा भारी वर्षाको सम्भावना


  • 299
    SHARES
  • २०७९ आश्विन १८ गते मंगलबार

    भोली यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १ का धेरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ । 

    भोली दशैँको टीकाका दिन  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ भने प्रदेश १,  बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा  प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

    भोली बेलुका भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।  

    भारी वर्षा हुनेक्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने  र  दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

     
      


    images
    images

    Logo