काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य यसप्रकार रहेको छ ।
मंगलवार अमेरिकी डलरको मूल्य १ को खरिददर १ सय ३० रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ३० पैसा रहेको छ । सोमवार अमेरिकी डलरको मूल्य १ सय ३० रुपैयाँ ४५ पैसा कायम भएको थियो ।
त्यस्तै, यूरो १ को खरिददर १ सय २७ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय २८ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरि, मंगलवार पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४६ रुपैयाँ २१ पैसा र बिक्री दर १ सय ४६ रुपैयाँ ८९ पैसा रहेको छ ।