images
images

कक्षा १२ को पूरक परीक्षाको केन्द्र निर्धारण


  • 406
    SHARES
  • २०७९ आश्विन १७ गते सोमबार

    कक्षा १२ को पूरक परीक्षाको केन्द्र निर्धारण

    काठमाडौं । यही असोज ३० र ३१ गते सञ्चालन हुन गरि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

    कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो ।

    कार्यलयकमा अनुसार १ लाख ८८ हजार ४ सय १० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८ सय ७८ जनाले दिन पाउने भएका छन् ।

    परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना गरी ३ लाख ९६ हजार १ सय ८५ जना सहभागी भएका थिए ।


    images
    images

    Logo