काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्त (एक्विजिसन) गर्ने भएको छ ।
हालको परिस्थितिमा लघुवित्त क्षेत्रमा देखापरेको प्रतिस्पर्धा, धेरै संस्थाले एउटै सदस्यलाई लगानी गर्ने जस्ता कारणले सिर्जना भएको अवस्था र यसले देशको अर्थतन्त्रमा पार्न सक्ने दूरगामी प्रभावको कारण लघुवित्त वित्तीय संस्थाको भविष्य विगतको जस्तै प्रतिफलमूलक बनाइराख्न दुवै संस्था गभिनुपर्ने अवस्था सिर्जना भएको ती संस्थाले जनाएका छन् ।
एक्विजिसनका लागि दुवै संस्थाका प्रतिनिधिले राजधानीमा आयोजित एक समारोहमा सम्झौता गरेका छन् । एक्विजिसनका लागि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्य र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे



